BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । श्री सेतिदेवी माध्यमिक विद्यालय इन्द्रावती गाउँपालिका वडा नं ११ काे ४६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे छ । विव्यस अध्यक्ष माेहन बहादुर माझीकाे सभापतीत्व र बागमती प्रदेशका भाैतिक पुर्वाधार तथा विकास मन्त्री युवराज दुलालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रमकाे अवसरमा विद्यालयले बर्ष उत्कृष्ट शिक्षक, विद्यार्थी र सहयाेगी संघ संस्थालाई सम्मान गरेकाे प्रधानाध्यापक ताेप प्रसाद नेपालले जानकारी दिए । कार्यक्रमकाे सञ्चालन शिक्षक भाेला सापकाेटाले गरेका थिए । विद्यालयकाे बार्षिक प्रतिवेदन प्रं अ नेपालले प्रस्तुत गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ रहेका थिए । कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष रामजी माझी, वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे, वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ, १२ का अध्यक्ष सुरेन्द्र बहादुर दनुवार, ८ का अध्यक्ष डिल बहादुर श्रेष्ठ, ७ का अध्यक्ष रविन्द्र कुमार खाती, पाँचपाेखरी बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष वीर बहादुर तामाङ, गाउँपालिकाका बालमैत्री सहजकर्ता निईन्द्र आचार्य, नेपाल विद्यार्थी संधका केन्दिय सदस्य राजकुमार भट्टराई, वडा नं ११ का पूर्व वडा अध्यक्ष मने माझी लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि बागमती प्रदेसका भाैतिक पुर्वाधार तथा विकास मन्त्री युवराज दुलालले बालबालिकालाई सिपमूलक शिक्षा दिनुपर्नेमा जाेड दिए । ‘भाेलिका दिनमा आउने चुनाैती र अवसर सामना गर्नसक्ने विद्यार्थी उत्पादनमा जाेड दिनुपर्छ’, उनले भने ‘सर्टिफिकेटमात्र नभई जीवन उपयाेगी शिक्षा आजकाे आवश्यकता हाे’ ।

क्रमागत रूपमा चुनावी प्रतिबद्धता पूरा गर्दै जाने बताउँदै दुलालले बागमती प्रदेशभरीका अरू सांसद र मन्त्रीले गरेका काम भन्दा अाफुले गरेकाे काम सबैभन्दा धेरै रहेकाे जिकिर गरे । बाेडगाँउ अस्पतालकाे लागि प्रदेश सरकारले सहयाेग गर्ने उनले प्रतिवद्वता ब्यक्त गरे । माझी समुदायका बालबालिकालाई उच्च शिक्षा दिन नसकेमा अर्काे पुस्ताले समेत दुख पाउने दुलालकाे भनाई छ ।

कार्यक्रममा मन्तव्य राख्दै विशेष अतिथि गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार तथा नेपाली काँग्रेस का महासमिति सदस्य वंशलाल तामाङले विद्यार्थीहरू देश छाड्ने क्रम बढिरहेकाेमा चिन्ता व्यक्त गरेका छन । विद्यालयले गुणस्तरीय शिक्षा दिई गाउँमै बस्ने वातावरण सृजना गर्न तिन‌ै तहका सरकारले शिक्षा क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गर्नुपर्ने बेला आएकाे उनले बताए ।

विद्यालय जस्ताे पवित्र स्थानमा राजनीतिकरण हुन नदिन सबैले प्रतिबद्धता गर्नुपर्ने तामाङले बताएका छन । प्रत्यक्ष नागरीकसंग जाेडिने कार्यक्रमहरूलाई प्राथमिकता दिएर गाउँमै गुणस्तरीय शिक्षा दिने हाे भने काेहि पनि बाहिरिनु नपर्ने उनले धारणा राखे ।

त्यस्तै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि उद्धव बानियाँले यसअघि पनि विद्यालयलाई सहयाेग गरिरहेकाे र आगामी दिनमा पनि सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इन्द्रावती १० का पुर्व वडा अध्यक्ष जीवन कुमार थापामगरले विद्यार्थीमा भएकाे स्तरलाई तिखार्न जरूरी रहेकाे बताए । सामुदायिक र निजि विद्यालयमा पढ्ने विद्यार्थीलाई अभिभावकले फरक व्यावहार गर्ने गरेकाे दुखेकाे पाेख्दै मगरले निजि विद्यालयमा पढ्नेहरू अरू देशकाे सेवा गर्न गएकाे तर सामुदायिक विद्यालयमा पढ्नेहरूले देशकाे सेवा गरिरहेकाे बताए ।

इन्द्रावती ११ का वडा अध्यक्ष रामजी माझीले केन्द्र तथा प्रदेश सरकारले याेजना तथा बजेटमा उपेक्षा गरेकाे भन्दै दु:ख व्यक्त गरे । बजेट विनियोजन गर्दा तल्लाे तहमा रहेर काम गर्ने निकायकाे सल्लाह र सुझाव लिनुपर्ने उनले धारणा राखे । सेतिदेवि माविलाई कक्षा १२ सम्म सञ्चालन गर्नुपर्ने बताउँदै ईन्द्रावति ११ काे माझी समुदायबाट काेहिपनि सरकारी सेवामा नरहेकाले अब शैक्षिक गुणस्तरलाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै इन्द्रावती ४ का वडा अध्यक्ष क्षेत्र  बहादुर तामाङ पालिकाले शिक्षा विधेयक मार्फत काम गर्न खाेजिरहेकाे जानकारी दिए । विद्यालयका भवनहरू गुणस्तरीय भएपनि शैक्षिक गुणस्तर साेचेजस्ताे नभएकाे तामाङले बताए । शैक्षिक गुणस्तर अभिवृद्विकाे लागी आफ्नाे तर्फबाट गर्न सक्ने सबै काम गर्ने तामाङकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय