BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटी तथा वडा नम्बर ४ कमिटीद्वारा टाकुरे आगलागी पीडितलाई सहयोग हस्तान्तरण गरेको छ ।

टाकुरे आगलागी पीडितका लागी सहयोगार्थ सङ्कलित ७१ हजार एक सय १० रुपैयाँ रकम आज नेकपा एमाले गाउँपालिका कमिटी अध्यक्ष शशिनाथ आचार्य, गाउँपालिका इन्चार्ज डबले लामा, पालिका कमिटी सचिव रामशरण गिरी, सरस्वती अधिकारी र शिव सापकोटा लगायत पार्टीका विभिन्न पदाधिकारी सहितको उपस्थितिमा उक्त सहयोग रकम पीडित रामकृष्ण गजुरेल तथा सावित्री गजुरेललाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा पार्टीका गाउँपालिका कमिटी अध्यक्ष आचार्यले घटनाप्रति दुख ब्यक्त गर्दै क्षतिको तुलनामा यो सहयोग पर्याप्त नरहेपनि केही राहत हुने भएकोले सबै मिलेर सहयोग गरेको बताए । इन्द्रावती गाउँपालिकाका प्रवक्ता समेत रहेका आचार्यले आगामी दिनमा पनि पालिका तथा पार्टी पीडितको सहयोगको लागी तयार रहेको बताए ।

यही माघ १९ गते शुक्रवार इन्द्रावती ४ टाकुरेका रामकृष्ण गजुरेलको कुखुराको टहरोमा लागेको आगोबाट टहरोमा रहेका एक हजार कुखुरा सहित नजिकै रहेको ४ कोठे घर समेत जलेको थियो । आगलागीबाट अनुमानित ३५ लाख बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय