BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नम्बर ४ टाकुरेका आगलागी पीडित परिवारलाई अमेरिका बस्दै आएका समाजसेवी राम श्रेष्ठले ५० हजार नगद सहयोग गरेका छन ।

टाकुरे स्थित रामकृष्ण गजुरेल तथा सावित्री सापकोटा (गजुरेल) को घर तथा कुखुराको टहरो पूर्णरुपमा क्षति भएकोमा उनले दुख व्यक्त गरे । आफूले यो दुखको घडीमा केही सहयोग गरेको श्रेष्ठले जानकारी दिए ।

आज मेलम्चीका व्यावसायी मनोज अधिकारीको समन्वयमा सो सहयोग रकम पीडितलाई हस्तान्तरण गरीएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका घर भई हाल अमेरिका बस्दै आएका राम श्रेष्ठले यसअघि पनि विभिन्न समयमा आईपरेको विपद तथा जटिल रोग लागेकाहरूलाई उपचारमा सहयोग गर्दै आएका छन । साथै श्रेष्ठले सामाजिक कामहरूमा पनि सहयोग गर्दै आएका छन ।

पिडितलाई रकम हस्तान्तरण गर्दै व्यावसायी मनाेज अधिकारीले अब आउने दिनमा व्यावसायलाई पुरानै अवस्थामा लैजान सहयाेग गर्ने राम श्रेष्ठ तथा पार्वती श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे । दु:खमा परेकाे बेलामा सबैले सहयाेग गर्नुपर्नेमा युवा व्यवसायी अधिकारीले जाेड दिए ।

सहयाेग रकम बुझ्दै पिडित रामकृष्ण गजुरेलले आफू दु:खमा परेकाे र भएको क्षतिमा आफु मात्रै नभई साथमा सबै रहेकाे बताए । बिदेशबाट पनि आफुलाई सहयाेग गरेकाेमा गजुरेलले राम श्रेष्ठलाई धन्यवाद दिए । साथै याे सहयाेग कहिल्यै नभुल्ने पनि उनले बताए ।

यही माघ १९ गते शुक्रबार इन्द्रावती ४ टाकुरेका रामकृष्ण गजुरेलको कुखुराको टहरोमा लागेको आगोबाट टहरोमा रहेका एक हजार कुखुरा सहित नजिकै रहेको ४ कोठे घर समेत जलेको थियो । आगलागीबाट अनुमानित ३५ लाख बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय