BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ अन्तर्गत अरनिको राजमार्गको ५० किलोमा सवारी साधन एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दोलालघाटबाट पाँचखालतर्फ आउँदै गरेको बा. प्र. ०२–०३४ प ३३२१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पाँचखालबाट दोलालघाटतर्फ जाँदै गरेको बा ३ ख ७२०४ नम्बरको आइचर गाडीमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएका कार्कीको उपचारको क्रममा धुलिखेल अस्पतालले ४ः१८ मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवारी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय राजन दङ्गाल घाइते भई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । घाइते दङ्गालको दाहिने हात, खुट्टा र नाकमा चोट रहेको र उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र आइचर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय