BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

गहते, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नं २ का वडा अध्यक्ष श्याम बहादुर गिरिले इन्द्रावती गाउँपालिकामा १२ कक्षा सम्म नि:शुल्क शिक्षा हुनुपर्ने बताएका छन ।

श्री चन्द्रावती आधारभुत विद्यालय इन्द्रावती ८, गहते काे ३६ औँ वार्षिकाेत्सव कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष गिरिले इन्द्रावतीमा कक्षा १२ सम्म नि:शुल्क शिक्षा हुनुपर्ने र आफुले कार्यपालिकामा पनि त्यसकाे लागि जाेडदार आवाज उठाएकाे बताए । ‘१२ कक्षा सम्म नि:शुल्क शिक्षा हुनुपर्छ भनेर कार्यपालिकामा जाेडदार आवाज उठाएकाे छु’, उनले भने ।

भाेटेकाेशी गाउँपालिका र बाह्रविसे नगरपालिकाले कक्षा १२ सम्म निशुल्क शिक्षा दिएकाे उदाहरण दिँदै उनले इन्द्रावती गाउँपालिकामा पनि त्याे कुरा लागू हुनुपर्ने बताएका छन । ५,६ जना वडा अध्यक्षहरू एक भएर शैक्षिक सुधारकाे लागि निरन्तर आवाज उठाइरहेकाे उनले जानकारी दिए ।

आगामी आर्थीक बर्षकाे बजेटमा शिक्षामा आमुल परिवर्तन हुने गरि याेजना ल्याउन कार्यपालिकामा कुराहरू राख्ने वडा अध्यक्ष गिरिले प्रतिवद्वता व्यक्त गरे । आगामी आर्थीक बर्ष बाट इन्द्रावतीकाे शैक्षिक क्षेत्रकाे सुधार हुनेमा उनले विश्वास ब्यक्त गरे । ‘गाउँमै राेजगारी उपलब्ध हाेस र काेहि पनि बाहिरिन नपराेस भन्ने हाम्राे चाहना छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय