BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर, सिन्धुपाल्चाेक । चन्द्रावती आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीलाई न्यानाे कपडा, झाेला र शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।

श्री चन्द्रावती आधारभुत विद्यालय इन्द्रावती ८, गहतेकाे ३६ औँ वार्षिकाेत्सव तथा शैक्षिक मेला प्रदर्शनीकाे अवसर पारेर न्यानाे कपडा, झाेला र शैक्षिक सामाग्री वितरण गरिएकाे हाे । लायन्स क्लव काठमाण्डाै फेलाेसिप र लायन्स क्लव काठमाण्डाै इन्टरप्रेनरसीपकाे आयाेजनामा साे सामाग्री वितरण गरिएकाे हाे ।

समाजसेवी माेहन बहादुर गिरिकाे सहयाेगमा साे सामाग्री वितरण गरिएकाे इन्द्रावती ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले जानकारी दिए । विद्यालयकाे २७ जना विद्यार्थीहरूलाई न्यानाे कपडा (ट्र्याक सुट), झाेला तथा शैक्षिक सामाग्री वितरण गरिएकाे समाजसेवी माेहन बहादुर गिरिले जानकारी दिए । साथै ८ जना शिक्षकहरूलाई न्यानाे कपडा समेत दिइएकाे छ ।

हाल सम्म इन्द्रावतीका १ हजार भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामाग्री, न्यानाे कपडा र झाेला बितरण गरिसकेकाे समाजसेवी माेहन बहादुर गिरिले जानकारी दिए । गिरिकाे सहयाेगमा फागुन ६ गते श्री नवलपुर मावि इन्द्रावती ४ का ३०० भन्दा बढी विद्यार्थीहरूलाई न्यानाे कपडा सहित शैक्षिक सामाग्री वितरण गर्न लागीएकाे छ ।

कार्यक्रममा मन्तव्य राख्दै लायन्स क्लव काठमाण्डाै इन्टरप्रेनरसीप का चार्टर प्रेसीडेन्ट अम्विका तिमल्सिनाले लायन्स क्लवले आगलागी पिडितहरू, विद्यालयका विद्यार्थी लगायतलाई सहयाेग गर्दै आएकाे बताइन । साे अवसरमा तिमल्सिनाले सामुदायिक विद्यालय संस्थागत भन्दा अव्वल रहेकाे दावि गरिन ।

त्यस्तै लायन्स क्लव काठमाण्डाै फेलाेसिपका प्रेसिडेन्ट राजेश हिमालयले लायन्स क्लवले सामाजिक कामहरू गर्दै आएकाे बताए । आगामी दिनमा पनि शैक्षिक क्षेत्रकाे लागि सहयाेग गर्न तयार रहेकाे उनले जानकारी दिए ।

साे अवसरमा समाजसेवी माेहन बहादुर गिरि, लायन्स क्लव काठमाण्डाै इन्टरप्रेनरसीप का चार्टर प्रेसीडेन्ट अम्विका तिमल्सिना, लायन्स क्लव काठमाण्डाै फेलाेसिपका प्रेसिडेन्ट राजेश हिमालय लगायतलाई विद्यालयले सम्मान गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय