चौतारा अस्पताल गुणस्तर सुधारका लागि न्यूनतम मापदण्डमा ९२ अंक प्राप्त गरि नेपाल कै उकृष्ट हुन सफल भएको छ ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन पश्चात ९२ अंक दिए संगै नेपालकै प्रथम हुन सफल भएको हो । अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ८ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयबाट २०८० फागुन १ र २ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल सिन्धुपाल्चोकले ९२% प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम भएको हो । निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमन टोली प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नविन दर्नाल सहितको ५ सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा १०० प्रतिशत मध्ये ९२ प्रतिशत ल्याइ नेपालमै १५ शैया क्याटेगोरीमा प्रथम भएको समीक्षा कार्यक्रममा बताए । यस अघि भएको फलोअप समिक्षामा ८९ प्रतिशत प्राप्त गरेको थियो ।
समिक्षा कार्यक्रमा संयोजक दर्नालले बागमती प्रदेश सरकारले चौतारा अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको र चिन सरकारको सहयोगमा बन्दै गरेको नयाँ भवनमा सो शैयाहरु संचालन प्रश्चात देशको उत्कृष्ट अस्पतालको रुपमा चिनाउन सकिने तर त्यस कार्यको लागि तिनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिइ अगाडि बढ्ने प्रतिबद्धता जनाए । अस्पताललाई यो अवस्थामा ल्याउन अस्पतालमा कार्यरत कार्यालय सहयोगी देखि सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरूको ठुलो भूमिका रहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले सहयोगी सबैलाई धन्यवाद दिए ।

