BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची, सिन्धुपाल्चाेक । पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको लागी मेलम्ची नगरपालिकाको टिम घोषणा भएको छ ।

यही फागुन १२ देखि १९ सम्म मूलपानी तल्लो क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको लागी मेलम्ची नगरपालिकाको खेलाडी छनोट भएको खेल प्रशिक्षक जयराम घोरासैनीले जानकारी दिए ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका र खेलकुद विकास समितिको आयोजनमा हुने प्रतियोगितामा जिल्लावासी मात्र सहभागी हुन पाउनेछन् । रेन्जिन लामाको कप्तानीमा नगरपालिकाले टिम प्रशिक्षक व्यवस्थापक सहित १५ जनाको टोली घोषणा गरेको हो । खेलाडीहरूमा राजु सापकोटा, साेनु देवकोटा, बिजेश श्रेष्ठ, रामकृष्ण दुलाल, प्रसिस श्रेष्ठ, राकेश श्रेष्ठ, बिनोद तामाङ, प्रदिप सापकोटा, विशेष श्रेष्ठ, हरीकृष्ण दुलाल, सिर्जल अधिकारी, आशिष तामाङ प्रशिक्षकमा जयराम घोरासैनी र व्यवस्थापकमा रोमन कार्की छनोट हुनुभएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरीएकाे छ ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउन्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिसिए) ले सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको आयोजकले बताएको छ ।

साथै उत्कृष्ट बलर र ब्याटरलाई ६ महिना निशुल्क तालिमको ब्यवस्था गर्ने सिन्धुपाल्चोक क्रिकेट संघका अध्यक्ष विजय कुमार धितालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय