BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नम्बर ३ को थापा टोल सेरा सिपाखोला हुँदै इन्द्रावती ९ भोटसिपा जोड्ने सडक निर्माणको क्रममा गुफा भेटिएको छ ।

बाटो निर्माण गर्ने क्रममा इन्द्रावती ३ चुनेछाँगा र रातोपहरा बिचमा एउटा अदभूत गुफा फेला परेको स्थानीय तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि उद्धव बानियाँले जानकारी दिए ।

गुफामा विभिन्न देवताहरुको आकृति भएको मूर्तिहरू फेला परेको छ । साथै सो गुफा भित्र जाँदा गुफाको लम्बाइ करिब २५ मिटर  रहेको सडक निर्माण समितिको अध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए । उक्त ठाउँमा स्थानीयहरू पूजाआजा गर्न तथा दर्शन गर्न आउने क्रम बढेको छ । झट्ट हेर्दा शिव पार्वती  र गणेश जस्तो देखिन्छ भने आर्को तिर  राम लक्ष्मण र हनुमान जस्तो देखीले आकृतिहरू रहेको छ । यस बारे थप अनुसन्धान हुन बाकी रहेको छ ।

ऐतिहासिक तथा पुरातात्विक सम्पदा तथा संरचनाको जगेर्ना गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय