BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाकाे सबैतिरबाट बाटाे पक्की हुने कामकाे सुरूवात भएकाे बागमती प्रदेशका भाैतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालले बताएका छन । मेलम्ची – चाैतारा सबैतिर बाट सडकहरू पक्की हुने काम भइरहेकाे उनले बताए ।

श्री नवलपुर माध्यमिक विद्यालयकाे ७५ औँ वार्षिकाेत्सव तथा अभिभावक भेलालाई सम्बाेधन गर्दै दुलालले सबैकाे साथ सहयाेग र हाैसलाले काम गर्ने प्रेरणा मिलेकाे बताएका छन । ‘इन्द्रावतीमा सबै बाटाे पक्की गर्ने काम भइरहेकाे छ, केही बर्षभित्रमा बागमती प्रदेशकै पहाडी जिल्लाहरूमा याे निर्वाचन क्षेत्र प्रदेशकै बिकासकाे नमुना हुँदैछ’, दुलालले भने ।

सिंगाे प्रदेशलाई पक्कि सडककाे नेटवर्किङमा कसरी जाेड्ने भनेर याेजनावद्व काम गरिरहेकाे दुलालकाे भनाई छ । ‘इन्द्रावतीकाे सर्वाङ्गिण बिकासकाे लागि म सहयाेग गर्न तयार छु’, दुलालले भने ‘राजनीति भन्दा माथी उठेर हामीले साेच्न आवस्यक छ’ ।

ढुंगामा शिक्षा लिएकाहरूकाे लडाइले नेपालकाे शिक्षा प्रणाली याे अवस्थामा आएकाले शिक्षा दिने शिक्षकलाई सम्मान गर्नुपर्ने धारणा दुलालले राखे । सबै अभिभावक, विद्यार्थी मिलेमा शैक्षिक गुणस्तर राम्राे हुने दुलालकाे बुझाई छ । नवलपुर माविकाे लागि आवस्यक सहयाेग गर्न आफु तयार रहेकाे दुलालले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय