BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर, सिन्धुपाल्चाेक । शैक्षिक गुणस्तर अभिवृद्वि हुनुपर्छ भनेर वडाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिएकाे इन्द्रावती गाउँपालिका वडा नं ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले बताएका छन ।

श्री नवलपुर माध्यमिक विद्यालयकाे ७५ औँ वार्षिकाेत्सव तथा अभिभावक भेलामा मन्तव्य राख्दै वडा अध्यक्ष  तामाङले भने ‘शैक्षिक गुणस्तर अभिवृद्वि हुनुपर्छ भनेर वडाले शैक्षिक कार्यक्रमहरू गरिरहेकाे छ । नवलपुर माविलाई उच्च प्राथमिकतामा राखेकाे छ’ । नवलपुर माविमा खेलमैदान ब्यबस्थित गर्न जरूरी रहेकाे र साेकाे लागि वडाले पहल गर्ने उनले बताए ।

आफु वडा अध्यक्षमा निर्वाचित भएपश्चात विद्यालयकाे भाैतिक संरचनाकाे काम अघि बढेकाे उनले बताए । नवलपुर माविकाे घेराबारकाे लागि बजेट बिनियाेजन गरिदिएकाेमा प्रदेश सरकारलाई तामाङले भन्यवाद दिए ।

प्राविधिक शिक्षाकाे ब्यबस्था गर्न सकमा विद्यार्थीकाे भविस्य राम्राे हुने उनकाे भनाई छ । ‘विद्यार्थी संख्या घटेकाे छ, सबै सरकार मिलेर शिक्षामा काम गर्न सकेमा विद्यार्थी संख्या बढ्ने छ’, उनले भने ‘यहाँ राेजगारी सृजना गर्न सकेमा विद्यार्थीकाे संख्या बढ्ने छ’ । शैक्षिक गुणस्तर वृद्वि गर्नकाे लागि कार्यपालिका मार्फत छलफल गरेर याेजना बनाउने उनले प्रतिवद्वता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय