BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुले शिक्षा र स्वास्थ्यमा ब्यापक लगानी गरिरहेको दावी गरेका छन । पालिकाको आन्तरिक स्रोत न्युन हुँदा समेत पालिकाले निशुल्क रुपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भनेर काम गरिरहेको बताए ।

हेलम्बु गाउँपालिका वडा नम्बर ६ घोप्टेघ्याङमा रहेको हेलम्बु बोधिसत्व मोडल स्कुलमा आयोजित पर्यटनका लागी साहित्य कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले देशको बेथितिको बारेमा बोल्न साहित्यकार हरुलाई आग्रह गरे । उनले गाउँका अभिभावक हरुले महँगो शुल्क तिरेर आफ्ना बालबालिकालाई पढाउन नसक्ने भएकाले गाउँपालिकाले ब्यापक रुपमा शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको जानकारी दिए ।

गाउँपालिका आफैले इन्जिनियर उत्पादन गरेर गाउँमै रोजगारी दिनेगरि योजना बनाएर काम गरिरहेको उनले जानकारी दिए । गाउँपालिकाको ५७ प्रतिशत बजेट शिक्षा र स्वास्थ्यमा मात्र लगानी गरिरहेको उल्लेख गर्दै शिक्षा संगै जोडिएर आउने संस्कार लाई पनि संरक्षण गरिरहेको दावी गरे ।

उनले एकदिन पण्डित र लामा समेत आयात गरेर ल्याउन पर्ने स्थितिमा देश पुगिसकेको भन्दै संस्कृत, सम्बोटा लगायतको भाषाकक्षा समेत संचालन गरिरहेको बताए । भएभरको सम्पत्ति बेच्यो भने ५ लाख आउँछ, उपचार गर्न जाने हो भने १५÷२० लाख लाग्छ तिनिहरुको लागी राज्य कहाँ छ ? कहाँ छ राजनीतिक दल? भन्दै उनले प्रश्न गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय