BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना प्रभावित साविकको १४ गाउँ विकास समितिमा सामाजिक उत्थान कार्यक्रम सञ्चालन गर्ने गरी मेलम्ची खानेपानी आयोजनाले त्यहाँ गठित ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिलाई बार्षिक करोडौ‌ं बजेट पठाउने गरेको थियो ।

मेलम्ची क्षेत्रका साविकको १४ गाविसमा सञ्चालन भएको उक्त समितिका अध्यक्ष थिए माओवादी नेता चन्द्रबहादुर थापा । थापा २०६४ देखि २०७० सम्म उक्त समितिका अध्यक्ष भएर कार्यक्रम सञ्चालन गरेका थिए ।

मेलम्ची क्षेत्रमा सञ्चालित उक्त कार्यक्रम सुरुदेखि नै विवादमा पर्दै आएको थियो । थापा अध्यक्ष हुँदा धेरै कार्यक्रम विवादमा परेको थियो भने नियमित रुपमा गर्नुपर्ने अधिवेशन समेत नगरेर लामो समय आफैँ अध्यक्ष भएर बसेका थिए ।

स्थानीयको चर्को दबाब पछि उनले त्यतिबेला ह्योल्मो सिन्धु मेलम्ची उपत्याका सामाजिवक उत्थान कार्यक्रमको अध्यक्ष छाडेर त्यहीबाट प्रभावितहरुको तर्फबाट प्रतिनिधित्व गर्दै मेलम्ची खानेपानी आयोजनाको बोर्ड सदस्य भएका थिए ।

बोर्ड सदस्य हुँदा थापाले सुविधाबापत गाडी समेत पाएका थिए । अख्तियार  दुरुप्रयाेग अनुसन्धान आयाेगले आइतबार दायर गरेको मुद्दामा उनलाई ७१ करोड भ्रष्टाचार गरेको आराेप लगाइएकाे छ ।

को हुन थापा ?

मेलम्ची नगरपालिका–१ निवासी चन्द्रबहादुर थापा माओवादी वृत्तमा ‘किशोर’ उपमाले परिचित छन् । माओवादी युद्धको समयमा भुमिगत भएर विभिन्न जिल्लाको इञ्चार्ज समेत भएका थापा शान्ति प्रक्रियामा आएपछि सिन्धुपाल्चोक जिल्लाका सेक्रेटरी भएका थिए । माओवादीको राज्य समिति सदस्य लगायत विभिन्न पदमा रहेर हाल माओवादीका वैकल्पीक केन्द्रीय सदस्यका रुपमा थापा क्रियाशिल रहेका छन् ।

नेपाल प्रेस बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय