BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

बरूवा, सिन्धुपाल्चाेक । २०७२ सालमा आएको विनाशकारी भूकम्पले ठुलो विनाश गर्यो । लाखौँ निजी आवास ढले, हजारौैं सरकारी र सार्वजनिक कार्यालयका भवन ढले । सयौँ धार्मिक र ऐतिहासिक मठ, मन्दिर, गुम्बा ढले । तिनै भवनसँगै सिन्धुपाल्चोकको बरुवामा रहेको ‘सङक क्षेलिङ गुम्बा’ पनि ढल्यो । गुम्बा ढलेपनि स्थानीयको आस्था र विश्वास नढलेका कारण अहिले करिव ३ करोडको लागतमा गुम्बा निमार्णाधिन रहेको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा जनश्रमदान बाट करिब ३ करोड लागतमा गुम्बा निमार्ण गरिएको छ । अहिले अन्तिम चरणमा पुगेको गुम्बा निमार्णमा अझै आर्थिक समस्या भने कायमै छ । २०७२ सालको भूकम्पले ढालेको गुम्बा अहिले समुदाय आफैंले उठाउँदै गरेको गूम्बा निमार्ण समितका अध्यक्ष सत्यमान तामाङले जानकारी दिए । ‘सङक क्षेलिङ गुम्बा’ नामक बिशाल गुम्बा निर्माण स्थानिय तह पाँचपोखरी थाङपाल गाउँपालिकाले ३० लाख आर्थिक सहयोग गरेपनि अन्य निकायले भने त्यति महत्व नदिएको स्थानियले बताएका छन् ।

७ सय बर्ष पुरानो गम्बा भूकम्पले भत्काएपछि स्थानियलाई पुजागर्न निकै कठिन भएको छ । २०७७ सालबाट निमार्ण सुरु गरिएको गम्बामा अब मुर्ति स्थापना, रङ, बुट्टा भर्ने लगायतका काम बाँकी रहेको निमार्ण समितिका अध्यक्ष तामाङ जानकारी दिए ।

४८ घर गुठिँ रहेको गुम्बा करिव १ रोपनि जग्गामा निमार्ण भइरहेको छ । बौद्ध धर्म अनुसारका हरेक संस्कार गर्नका बौद्धमार्गीलाई लक्षीत गर्दै गुम्बा निर्माण सुरु गरिएको गुम्बा निर्माणमा देश÷विदेशमा रहेका दाताबाट प्राप्त हुने सहयोगमा गुम्बा निर्माणका कामलाई पूर्णता दिइने उपभोक्ता समितिले जनाएको छ ।

५० लाख रुपैयाँ कोषमा भएको रकम बाट सुरु गरिएको गुम्बा निमार्णमा जनश्रमदान बाट ३० लाख, स्थानिय तहबाट ३० लाख र गुठियार लगायत आफन्त बाट उठेको करिब ७० लाख रुपैयाँ हालसम्म गुम्बा निमार्णमा खर्च भएको बताइएकाे छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का अनुसार २०७२ को विनाशकारी भूकम्पले जिल्लामा रहेका १९० गुम्बामा क्षति पुगेको थियो ।

बौद्ध धर्मावलम्बीहरुको विवाह, व्रतवन्ध लगायतका पुनित कार्यहरु गुम्बामा आयोजना गरिन्छ । पुनर्निर्माणमा ढिलाइ हुँदा यो समुदायलाई समस्या आफ्नो रितिरिवाजमा समस्या परिरहेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय