BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

बाह्रविसे । सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ७ अँधेरी खोलामा आज बिहान ११ बजे बाह्रबिसे जान लागेको  बा १२ च ४९९१ बोलेरो  जीप सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख इन्स्पेक्टर देवेन्द्र जोशीका अनुसार दुर्घटनामा परी बाह्रबिसे नगरपालिका-७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको हो। ६ जना सवार बोलेरोमा चालकसहित ४ जना घाइते भएका छन्।

चालक बिक्रम थापा, गाडीमा सवार यात्रुहरू बाह्रबिसे-७ कै गोपाल थापा, खड्ग कुमारी श्रेष्ठ, पुष्कर थापा घाइते रहेको इन्स्पेक्टर जोशीले जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए।

दुर्घटना के कारणले भएको भन्ने नखुलेको र त्यसबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर जोशीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय