BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

चौतारा । फागनु १४ गतेबाट सिन्धुपाल्चोकमा दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ ।

जिल्लास्तरिय खोप समन्वय समिति, सरोकारवाला र सञ्चारकर्मीबीचको बुधबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्लामा फागुन १४ गतेदेखि फागुन १९ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगार्ईले जानकारी दिए ।

राष्ट्रिय कार्यक्रम अनुसार नै जिल्लामा पनि यो अभियान सञ्चालन हुन लागेको उनको भनाई छ । दादुरा–रुबेला विरुद्ध खोप अभियानको बारेमा जानकारी दिंदै स्वास्थ्य प्रमुख बजगाँईले जिल्लामा आवश्यक तयारी पुरा हुने क्रममा रहेको जानकारी दिए ।

९ महिनादेखि ५ वर्ष उमेरसमूहलाई लक्षित गरि सञ्चालन हुने यो अभियानका लागि जिल्लाको १०३ वडाका २५३ खोप केन्द्र व्यवस्थापन गरिएको छ । अनुमति ३ सय सेसनमा १५ हजार ६ सय ६८ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य लिइएको छ । अभियानका लागि खोप स्वास्थ्यकर्मी ५ सय जना, स्वयमसेवक ६ सय ५० जना र एइएफआइ व्यवस्थापन र अनुगमनका लागि २२ जना स्वास्थ्यकर्मी र चिकित्सक परिचालन हुने स्वास्थ्य प्रमुख बजगाँइकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय