BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकाे रेडियाे मिसनले सहजिकरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

इन्द्रावती गाउँपालिकाको सुशासन, जबाफदेहीता र पारदर्शिताको अवधारणा अनुरूप हरेक वर्ष वडा गत र पालिका स्तरीय सार्वजनिक सुनुवाई हुँदै आएको छ । वडा नम्बर २ को कार्यालयबाट हालसम्म भए गरेका विकास निर्माण र सेवा प्रवाहको विषयमा छलफल गरिएको हो ।

छलफलको क्रममा वडाका स्थानीयले राखेका समस्या, गुनासो तथा सुझावहरूको विषयमा छलफल भएको थियो । जवाफ दिने क्रममा वडा अध्यक्ष श्याम बहादुर गिरीले वडा गत रुपमा भएगरेको कामहरुले गति लिइरहेको जानकारी दिए । वडाले पालिका, प्रदेश सरकार र संघीय सरकारसँगको समन्वयमा वडा गत भौतिक संरचना लगायत आवश्यकताहरू पुरा गर्ने चरणमा रहेको जानकारी दिए ।

वडा बासिको समस्या समाधानका लागि आफू लागिरहेको अध्यक्ष गिरीकाे भनाई छ । आगामी दीनमा पनि वडा बासिको समस्या समाधानमा हरपल लागिरहने उनले प्रतिवद्धता जनाए ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा भोलि बिहिवार सार्वजनिक सुनवाई कार्यक्रम गरिने रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय