BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नं ४ ले बिकास निर्माणकाे काम गर्दा कुनै नातागाेता नहेरी सबै नागरिककाे सल्लाह सुझाव लिएर काम गर्ने वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले बताएका छन ।

इन्द्रावती ४ द्वारा आयाेजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिककाे प्रस्नहरूकाे जवाफ दिने क्रममा तामाङले कुनै व्यक्ति विशेष नहेरी आवस्यकताकाे आधारमा बजेट विनियाेजन गर्ने प्रतिवद्वता व्यक्त गरे । याेजनाहरूकाे कार्य सम्पादन गर्नेमा वडा नं ४ गाउँपालिकाकाे १२ वटा वडा मध्ये अग्र स्थानमा रहेकाे बताउँदै आगामी दिनमा जनतासंग जनप्रतिनिधि कार्यक्रम गर्ने उनले जानकारी दिए ।

आगामी बर्षकाे बजेट विनियाेजन गर्दा भाैतिक पुर्वाधार मात्र नभई राेजगार संग सम्बन्धित काम गर्नेगरी बजेट विनियाेजन गर्ने अध्यक्ष तामाङकाे भनाई छ । टुक्रे बजेटहरू लाई निरूत्साहित गर्दै नागरिक स्तरबाट आएका मागहरू सम्बाेधन गर्दै जाने उनले बताए ।

सामुदायिक विद्यालयहरू सिस्टममा चल्न नसकेकाे बताउँदै तामाङले अब प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखे । सामुदायिक बनहरूकाे अतिक्रमण भएकाे भन्ने प्रस्नकाे जवाफ दिँदै तामाङले भने ‘सामुदायिक बनहरूकाे सिमाङ्कन गरि यकिन गर्न आवस्यक छ, त्यसमा वडाले समन्वय गर्न तयार छ’ ।

सार्वजनिक सुनुवाई कार्यक्रमकाे सहजिकरण रेडियाे मिसनले गरेकाे थियाे । इन्द्रावती गाउँपालिकाका १२ वटै वडाहरूमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागिएकाे गाउँपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय