BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । चित्रकार तथा कलाकार विजेन्द्र श्रेष्ठले मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटी बगरमा एकल चित्रकला प्रदर्शनी गरेका छन । चित्रमा आजभोलि आधुनिकिकरणको नाममा प्रकृतिलाई कुरुपता तिर धकेलिँदै गरेको अवस्थालाई चित्रण गरिएको छ ।

अस्तित्व नामक चित्रमा इन्द्रावतीको नदि दोहन, सडक लगायत अन्य संरचना बनाउने नाममा दिनप्रतिदिन भइरहेको प्रकृति दोहनको विरुद्ध श्रेष्ठले कोशि पुजाको अवसरमा एकल चित्रकला प्रदर्शनी गरेका हुन । उनले नेपाल प्राकृतिक सुन्दर अनुपम नमुना मुलुक रहेको भन्दै हामी सबै प्राणिहरु प्रकृतिका अभिन्न अंग रहेको र प्रकृति बिना हाम्रो अस्तित्व सम्भव नभएको चित्र मार्फत प्रस्तुत गरेका हुन ।

विकासको निमित्त इन्द्रावतीको छातिमा मानवनिर्मित ठुला डोजरहरु सलबलाइ रहेको देख्दा त्यो बाल्यकाल सङ्ग जोडिएको इन्द्रावती को सम्झना दिलाउने श्रेष्ठकाे भनाई छ । मृग, चराचुरुङगीहरु र माछाहरु नाचिरहने ठाँउमा आज डोजर र गाडी गुडिरहँदा आफ्नै शरीर माथी दौडिरहेको जस्तो भान हुने भन्दै श्रेष्ठले एक कलाकारको नाताले लुकेर रहेको पिडाहरु आफ्नाे क्यान्भासमा रङहरुको मध्यमबाट दर्शाउने प्रयास गरेको बताएका छन ।

चित्रको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्षहरु लगायत स्थानियले अवलोकन गरे । अवलोकन पछि नगर प्रमुख तामाङले यहाँको विगतको सुन्दरतालाई झल्काउँदै तयार पारिएको चित्रले नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले आगामी दिनमा यहाँको प्रकृतिलाई जोगाउँदै कसरी अघि बढ्ने र कसरि ब्यबस्थापन गर्दै अघि बढ्ने भन्ने कुरामा आफु लागिरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय