BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काठमाडौँ —पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ ले पाँचपोखरी जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मूलपानी क्रिकेट मैदानमा मेलम्ची नगरपालिकालाई ३ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा ९६ रनमा अलआउट भयो ।

पाँचपोखरीले १९.२ ओभरमा ७ विकेट गुमाई लक्ष्य पूरा गरेको थियो । पाँचपोखरी समूह ‘बी’ विजेता तथा मेलम्ची उपविजेता बन्दै सेमिफाइनल पुगेका छन् ।

अर्को खेलमा ह्योल्मो–११ ले भोटेचौर स्पोर्ट्स क्लबमाथि ९ विकेटको जित पायो । नाम्गिल शेर्पाको उत्कृष्ट ब्याटिङमा ह्योल्मोले १ सय २० रनको लक्ष्य १७ ओभरमा पूरा गर्‍यो । यसअघि भोटेचौरले ९ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो ।

ह्योल्मो–११ समूह विजेता र हिमालयन क्रिकेट क्लब उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेका छन् ।

पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पाँचपोखरी क्रिकेट क्लबको प्राविधिक सहयोगमा फागुन १२ देखि मूलपानीमा भइरहेको प्रतियोगिताको शुक्रबार हुने सेमिफाइनलमा ह्योल्मो–११ र मेलम्ची नगरपालिका तथा पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी हिमालयन क्रिकेट क्लबबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय