BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काठमाण्डाै । पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् ।

मुलपानी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी फाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्लेयर अफ द म्याच चुनिएका सार्थकले ब्याटिङतर्फ अर्धशतक प्रहार गरेपछि पाँचपोखरीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । सार्थकले घातक बलिङ गरेपछि जवाफी ब्याटिङमा उत्रिएको हिमालयन १९ ओभरमा १ सय १९ रन जोड्दै अलआउट भयो ।

त्यसअघि ह्योल्मो-११ ले मेलम्ची नगरपालिकालाई १० विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । पहिलो ब्याटिङ गरेको मेलम्ची १८.५ ओभरमा ९२ रनमा समेटियो ।

प्रतियोगिताको फाइनल खेल शनिबार विहान ११ बजे मुलपानी क्रिकेट रंगशालामा हुनेछ । खेलको प्रत्यक्ष प्रसारण काष्ठमण्डप टिभीले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय