BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा न –७ दुवाचौरको आयोजनामा ३ दिने साबुन तथा सरफ बनाउने तालिम आजबाट सुरु भएको छ । आर्थिक बर्ष २०८०–८१ को वडाको विनियोजित बजेट बाट लक्षित वर्ग विशेष गरि एकल महिला, दलित, भिन्न क्षमता भएका महिलाहरू लगायत गरि ४५ जना सहभागी रहेका छ्न ।

लक्षित वर्गका महिलाहरूलाई केही मात्रामा भए पनि जिविकोपार्जनसंग जोड्नको लागि यो तालिम सञ्चालन गरिएको वडा सचिव विष्णु गौतमले जानकारी दिए । वडा अध्यक्ष पासाङ तामाङले तालिम मात्र लिएर बस्ने प्रवृत्तिको अन्त्य गर्दै सीप सिकेर त्यसलाई व्यबहारमा उतार्न आग्रह गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मेलम्ची –७ का वडा सदस्य तथा न्यायिक समिति सदस्य श्रीकृष्ण श्रेष्ठले यस किसिमको तालिम पटकपटक गरिरहन नसकिने हुँदा ३ दिनको तालिममा ध्यान दिएर सिकेर यसको भरपुर सदुपयोग गर्नको लागि अनुरोध गरे । तालिमको सहजीकरण सावित्री श्रेष्ठ र डोल्मा तामाङले गर्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय