BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । मेलम्चीका अभियन्ता सागर कुमार श्रेष्ठको पहलमा सरस्वती माध्यमिक विद्यालय संरक्षण अभियानका लागि वकिङ नेपाली सेवा समाज युकेको  तर्फबाट रु ३ लाख ५१ हजार १११ आर्थिक सहयोग आइतबार  हस्तान्तरण गरिएको छ ।

२०७८ असार १ र त्यसपछिको बाढीले क्षति गरेको र अझै पनि जोखिममा रहेको हेलम्बु गाउँपालिका–४ ग्याल्थुम स्थित सरस्वती माध्यमिक विद्यालय संरक्षणका लागि पुर्व विद्यार्थी समाज सरस्वती माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभियानमा उक्त रकम सहयोग गरिएको हो । वकिङ नेपाली सेवा समाज युकेको निवर्तमान अध्यक्ष आशा राइले विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद घोरासैनी लगायतको उपस्थितिमा उक्त रकम पुर्व विद्यार्थी समाजका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन ।

निवर्तमान अध्यक्ष राइले संस्थाले बिभिन्न स्थानमा सहयोग गर्दै आएको बताउँदै आफुले यो रकममा ६७ हजार व्यक्तिगत सहयोग गरेको र केहि समय पछि रु एक लाख थप सहयोग गर्ने प्रतिवद्धता जनाए । पुर्व विद्यार्थी तथा अन्यबाट संकलित रकमबाट नदि नियन्त्रणका लागि प्राविधिक स्टमेट गराई विद्यालय अगाडि पक्की वाल लगाईने पुर्व विद्यार्थी समाजका उपाध्यक्ष देवीलाल शर्मा लामिछानेले जानकारी दिए । उनले करिव १०० मिटर पक्की वाल लगाउने उदेश्य रहेको बताए ।

शैक्षिक गुणस्तर सुधारको लागि पनि पुर्व विद्यार्थीहरु लगायत अन्यसंग समन्वय गरि काम गरिने पुर्व विद्यार्थी समाजका सचिव गंगानाथ भण्डारीले जानकारी दिए । समाजले चाँडै विद्यालय संरक्षणको लागि काम सुरु गर्ने उनकाे भनाई छ ।

अभियन्ता श्रेष्ठले मेलम्चीमा आफ्नो अगुवाईमा बाढिबाट क्षति भएको स्थान तथा घरहरु सरसफाई एवं नदि नियन्त्रणका लागि कार्य गरेको स्मरण गर्दै यस विद्यालय र ग्याल्थुम बजार संरक्षणका लागि अझै पहल गर्ने प्रतिवद्धता जनाए । उनले हेलम्बुको यस विद्यालय संरक्षणका लागि सहयोगको समन्वयका लागि युवा नेता विकल राई लगायतप्रति धन्यवाद ज्ञापन गरे ।

विद्यालयका प्रधानाध्यापक घोरासैनी, पुर्व विद्यार्थी समाजका सल्लाहकार एवं पुर्व प्रअ हरिकुमार शर्मा लगाययतले सहयोगप्रति आभार प्रकट गरे । यसै विच पुर्व विद्यार्थी सागर लामिछाने (उमाकान्त) ले पनि यस अभियानमा रु ५,५५५ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय