BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोक, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय धुलिखेल र मेलम्ची नगरपालिकाको संयुक्त टोलिले मंगलबार मेलम्ची बजार क्षेत्रमा रहेका बिभिन्न होटल तथा पसलहरुको एकसाथ बजार अनुगमन गरेको छ ।

बजार अनुगमनका क्रममा खाद्य पसल ९, होटल ४, बेकरी तथा मिठाई पसल ४, हार्डवेयर २, खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्रि गर्ने पसल ४, भेटेरीनरी तथा औषधी पसल ५ गरी २८ होटल तथा पसलहरुमा बिज्ञ टोली सहित अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले जानकारी दिए ।

अनुगमनका क्रममा म्याद गुज्रिएका बिभिन्न सामानहरु जफत गरी खाद्य सुरक्षा सम्बन्धि मापदण्ड पुरा नगरेको विजी बेकरी हाउस मेलम्चीलाई १५ हजार जरीवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख बिश्वनाथ काफ्लेले बताए । उनले अनुमति बिना बजार क्षेत्रमा बोतलमा राखि पेट्रोलियम पदार्थ बिक्रि वितरण गर्ने ४ वटा पसलहरुबाट ८० लिटर पेट्रोल समेत जफत गरी एक पटकलाई सम्झाई बुझाई गरीएको पनि जानकारी दिए । यसैबिच जफत गरीएको अखाद्य बस्तु नष्ट गरिने र पेट्रोलियम पदार्थलाई नियमानुसार बिक्रि गरी राजश्व दाखिला गरीने उनको भनाई छ ।

 

यस्तै भेटेरीनरी तथा औषधी पसलहरुको अनुगमनको क्रममा व्यवसायीहरुलाई मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले औषधीको म्याद सकिनु भन्दा १ महिना अगावै फिर्ता गर्न, बिषादी विक्रेता इजाजत पत्र पसलमा राख्न, विक्रेताले मास्क, ग्लोब्स, जुत्ता, चश्मा लगायतका सुरक्षा विधीलाई अवलम्बन गर्न सल्लाह दिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय