BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

इन्द्रावती, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका स्तरीय प्रथम वडाध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । युवा तथा खेलकुद विकास समिती इन्द्रावती -७ को आयोजनामा राजेश्वरी स्कुलको खेल मैदानमा प्रतियोगिताको वाइसियल नेपालको फ्राक्सन इन्चार्ज एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामप्रसाद सापकोटा(दिपशिखा)ले प्रतियोगिताको शुभारम्भ गरे ।

खेलमा पालिकाका ९ टिमको सहभागीता रहेको वडा खेल विकास समितिका अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिए । प्रतियोगिता २६ गते सम्म चल्ने छ । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष रबिन्द्रकुमार खातीले भलिवल प्रतियोगीताले खेलाडी उत्पादनमा सहयोगी भुमिका खेल्ने बिश्वास ब्यक्त गरे ।

प्रतियाेगितामा प्रथम हुनेले ४० हजार, दृतिय हुनेले २० हजार र तृतिय हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन । उद्घाटन खेलमा इन्द्रावती वडा नम्बर ७ रातो र वडा नम्बर १२ विच  प्रतिस्पर्धा भएकाेमा वडा न ७ रातो बिजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय