BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

हेलम्बु सिन्धुपाल्चाेक । अरुणिमा परोपकार प्रतिष्ठान काठमाडौले प्राकृतिक प्रकोप बाढीबाट प्रभावित सिन्धुपाल्चोकको अग्रणी शैक्षिक संस्था सरस्वती माध्यमिक विद्यालय ग्याल्थुम संरक्षणका लागी आर्थिक सहयोग गरेको छ । अरुणिमा परोपकार प्रतिष्ठानले आज एक कार्यक्रमका बिच विद्यालयलाई ३ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री एवम् अरुणिमा परोपकार प्रतिष्ठानका सदस्य शेरबहादुर तामाङले आफुले पढेको विद्यालयमा अहिले अरुणिमा संग जोडिएर सहयोग गर्न पाउदा खुशी लागेको बताए । उनले विद्यालय र बजार संरक्षणको लागी आफु सक्रिय ढंगले लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले आफ्नो बाल्यकाल स्मरण गर्दै प्रतिष्ठानले गरेको कामको जानकारी गराए । अध्यक्ष ढुंगानाले आफुले अध्ययन गरेको विद्यालयमा प्रतिष्ठान मार्फत ३ लाख १ हजार सहयोग हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक इश्वरीप्रसाद लामिछानेले अरुणिमाको बारेमा जानकारी दिँदै बाढिले बनाएको बिकराल स्थिति बाट माथी उठ्नका लागी सहयोग गरिएको बताए । उनले यहाँको विद्यार्थी र शिक्षक हरुबिच र अरुणिमाका शिक्षक विद्यार्थीहरु बिच सिकाइ क्रियाकलाप आदानप्रदान गर्ने योजना रहेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किटि तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष तामाङले बाढिका कारण क्षति भएको विद्यालयलाई संरक्षणका लागी गरेको सहयोग प्रति आभार प्रकट गरे । उनले विद्यालयको उन्नयनको लागी आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय