BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काभ्रे । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आधारमा बेल्जियन नागरिक दावा छिरिङलाई नेपाली नागरिकता दिएको र अन्य पनि दोहोरो नागरिकता दिएको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

हाल उनी मेलम्ची नगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए। नगरपालिकाबाट भने उनी उपचारका लागि भन्दै भारत जान बिदा लिएका थिए। तर उनलाई काभ्रेबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

उनले २०७४ सालमा वेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोप छ । यस्तै राजु गुरुङ र कुलानन्द भण्डारीलाई झुटा विवरणको आधारमा दोहोरो नागरिकता दिएको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय