BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोकको ५१ विद्यालयमा विद्यालय नर्स खटाइएको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा ६, चौतारा साँगाचोकगढी नगरपालिकामा ४, जुगल गाउँपालिकामा ५, त्रिपुरासुन्दरी गाउँपालिकामा  ३, पाँचपोखरी थाडपाल गाउँपालिकामा ४, बलेफी गाउँपालिकामा ४, बाह्रबिसे नगरपालिकामा ५, भोटेकोशी गाउँपालिकामा ३, मेलम्ची नगरपालिकामा ५, लिसंखु पाखर गाउँपालिकामा ४, सुनकोशी गाउँपालिकामा ४ र हेलम्बु गाउँपालिकामा ४ जना नर्स खटाइएको छ ।

बागमती प्रदेशको ५०० भन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राखिएको हो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लाका ११९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ ।

किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले २०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको तत्कालीन सामाजिक विकास मन्त्रालयले ‘एक प्रदेश एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय