BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

निरोज चौलागाईं, सिन्धुपाल्चोक- आगामी चैत १० गते हुने व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औँ अधिवेशन नजिकिएसँगै नेतृत्वका लागी रस्साकस्सी बढ्दै गएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष पदसहित वरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, सचिव पदाधिकारी र १५ सदस्य पदको लागि आगामी १० गते निर्वाचन हुँदैछ ।

सोमबार अध्यक्ष पदको लागि शम्भुबहादुर तिमल्सिना, सुमन खत्री र बुद्धराज बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेद्वारी दिएका तीनै जना मित्र राष्ट्र चीनबाट सामान आयात गर्ने व्यवसायी हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा विदुर पराजुलीले उम्मेदवारी दिएका छन् । सोमबार प्रथम उपाध्यक्षको पदमा उम्मेदवारी दिएका भेषबहादुर बस्नेत (राजेन्द्र) निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै तृतीय उपाध्यक्ष, महासचिव सह कोषाध्यक्ष र दुई सदस्यमा आफ्नो मनोनयन दर्ता गराएका उम्मेदवार भने सर्वसम्मत निर्वाचित भएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकमा अध्यक्ष होमबहादुर बस्नेत राजकुमारले बताए ।

सोमबार उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरूले मतदातामा आफ्नो उपस्थितिलाई तिब्रता दिँदै आएका छन् ।  । सोमबार उम्मेदवारी दिएका तीनै जना उम्मेदवारले मतदाता माझ आ-आफ्नो एजेन्डा लिएर जान थालेका छन् । सोमबारदेखि निर्वाचनमा रस्साकस्सी बढ्दै गएपछि व्यवसायी र मतदाताको बाक्लो भेटघाट हुन थालेको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल प्रधान र सूर्य कार्कीबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै द्धितिय  उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र इन्द्रबहादुर राउतले उम्मेदवारी दिएका छन् । सचिवमा तिर्थराज पौडेल र मोहनभक्त श्रेष्ठ निर्वाचनमा होमिएका छन् । त्यस्तै १५ सदस्यका लागि ३२ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षको उम्मेदवार दिएका तिमल्सिना हाल महासचिव छन् । त्यस्तै खत्री मानार्थ उपाध्यक्ष भइसकेका व्यक्ति हुन भने बस्नेत  संघको ८ औँ अधिवेशनमा पुर्वअध्यक्ष कमलकुमार श्रेष्ठसँग अध्यक्ष पदमा पराजित भएका हुन् । निर्वाचनमा २४५४ जनाले मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय