BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

भोटेकोसी गाउँपालिका–१ लिस्तीस्थित चार सय वर्ष पुरानो ज्याङ्तेर लिस्ती पावो गुम्बाको पुनःनिर्माणका लागि भारतीय सरकारले ९ करोड ८३ लाख अनुदान उपलब्ध गराएको छ ।

भारत सरकारको पुनर्निर्माण अनुदान परियोजनाअन्तर्गत प्राप्त सहयोगबाट गुम्बा निर्माण सुरु गरिएको छ । स्थानीय सहयोगमा बनाएको गुम्बालाई भूकम्पले ध्वस्त बनाएका कारण पुनर्निर्माण हुन सकेको थिएन । स्थानीयको लामो प्रयासपछि सहरी विकास तथा भवन आयोजनाको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले कार्यान्वयन गर्नेगरी बिहीबार गुम्बाको शिलान्यास गरिएको छ ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बू शेर्पा, कार्यान्वयन इकाइका निर्देशक प्रमुख कोषनाथ अधिकारी र नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले आज संयुक्तरुपमा गुम्बा शिलान्यास गरे । उक्त गुम्बा २०८२ साल फागुनमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय अगुवा दार्जे लामाका अनुसार पुरानो पुरातात्विक संरचनाको रुपमा यकिन गरिएको उक्त गुम्बा भूकम्पले पूरै भत्किएको थियो । कार्यक्रममा आयोजना कार्यान्वयन इकाइका अनुसार भारतले भूकम्पपछि सम्पदा पुनर्निर्माणको शीर्षकका लागि ५० मिलियन अमेरिकी डलर अनुदानको घोषणा गरेको थियो । सोही अनुदानअन्तर्गत उक्त गुम्बा निर्माणका लागि रकम उपलब्ध गराइएको हो ।

आयोजना कार्यान्वयन इकाइका निर्देशक अधिकारीले सिन्धुपाल्चोकमा मात्र ७ वटा गुम्बा निर्माणको योजना रहेको बताए । एउटाको भने निर्माण सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय