BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा युवा व्यवसायी बुद्धराज बस्नेत अध्यक्षमा निर्वाचित भएका छन् । संघको ११औँ जिल्ला अधिवेशनमा नौ सय चार मत प्राप्त गरेर बस्नेत निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्द्वीद्वय सुमन खत्रीले ६ सय ८४ र शम्भुबहादुर तिमल्सिनाले दुई सय ९७ मत ल्याए। वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान विजयी भए। उनले ८ सय ११ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी सूर्यबहादुर कार्की र विदुर पराजुलीले क्रमशः ६ सय ९३ र तीन सय ४६ मत ल्याए। द्वितीय उपाध्यक्षमा इन्द्रबहादुर राउत एक हजार ५२ मत ल्याएर निर्वाचित भएका छन्।

प्रतिद्वन्द्वी राजेश श्रेष्ठले सात सय ९७ मत प्राप्त गरे।

सदस्यहरूमा उमेश श्रेष्ठ, अशोककुमार श्रेष्ठ, गणेश नेपाल, अम्बरबहादुर श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना, चेङा शेर्पा, कुमार थापा, सुशान्त भट्टराई, प्रकाश पौडेल, उद्धव तिमल्सिना, मणिकलाल श्रेष्ठ, दाबा ग्याल्जेन शेर्पा, ईश्वर खत्री र दलबहादुर रुम्बा निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय