BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बुद्धराज बस्नेतले उद्योगी र व्यवसायीकाे हितकाे निम्ति हर पल लागि पर्ने बताएका छन् ।

आइतबार सम्पन्न ११ औं अधिवेशन पछि मतदाताहरुलाई धन्यवाद दिन सदरमुकाम चाैतारा पुगेका बस्नेतले साना र मझौला व्यवसायीकाे उन्नतिकाे लागि स्थानीय, प्रदेश र संघीय सरकार समक्ष समन्वय र सहकार्य गर्ने बताए । स्थानीय सरकार संग साना र घरेलु उद्यमीलाई जाेड्न उद्योग वाणिज्य संघले पहल कदमी गर्ने उनकाे भनाइ थियाे ।

वाणिज्य संघकाे नवनिर्वाचित सदस्य कुमार थापाले मतदातालाई धन्यवाद दिंदै उद्योगी र व्यवसायीकाे उद्योग दर्ता, कर लगाएतकाे समस्या समधान गर्न पहल गरिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ , अधिवेशनमा सदस्य पदका उम्मेदवार भूपेन्द्र थापा, निवर्तमान सदस्य उजारसिं तामाङ लागायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय