BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । हेलम्बुमा तीन लाख पुरस्कार राशीको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने भएकाे छ । २५०० मिटरकाे उचाईमा प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता गरिन लागिएकाे हाे ।

हेलम्बु गाउँपालिकाले खेल पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सर्वाधिकपुरस्कार राशिको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता २०८०काे आयाेजना गरिएकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

यही चैत २३ गतेदेखि चैत ३० गतेसम्म (मिति २०८० चैत २३ गतेदेखि २६ गतेसम्म पुरुष र मिति २०८० चैत २७ गतेदेखि ३० गतेसम्म महिला) हेलम्बुकाे सेरमाथानमा आयोजना गर्न लागिएकाे उनले बताए । प्रतियोगितामा प्रदेशका स्थानीय तहबाट पुरुष र महिला टिमहरुलाई सहभागी गराई दिन गाउँपालिकाले अनुराेध गरेकाे छ ।

यस्ताे छ पुरस्कार राशी

• प्रथम पुरस्कार नगद रु. ३,००,०००/-

• द्वितीय पुरस्कार नगद रु. १,५०,०००/-

• तृतीय पुरस्कार नगद रु. ७५,०००/-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय