BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं ३ मा गणेशमान सिंह स्मृति भवन बन्ने भएकाे छ । एक कराेड लागतमा इन्द्रावती ३ मा गणेशमान सिंह स्मृति भवन बन्ने भएकाे हाे ।

मंगलवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस बागमती प्रदेश सभापती इन्द्र बहादुर बानियाँले भवनकाे शिलान्यास गरे । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सह महामन्त्री हरिशरण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापती जंग बहादुर लामा, पूर्व सभापती भुपेन्द्र बहादुर थापा, नेपाली कांग्रेस वागमती प्रदेश कार्य समिती सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री निमा लामा, सिन्धुपाल्चाेक निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती एवं मेलम्ची नगर प्रमुख आइतमान तामाङ लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको सम्झनामा साे भवन बनाउन लागिएकाे नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उद्वब बानियाँले जानकारी दिए । भवन भित्र सभा हल, पुस्तकालय, कांग्रेस पार्टी कार्यालय तथा अग्रज स्वर्गीय नेताहरूकाे तस्विरहरू रहने नेता बानियाँले जानकारी दिए ।

भवन सेवामुलक हुनुका साथै समाजका साझा कार्यक्रमहरू समेत साेहि भवनमा गर्न सकिने उनले जानकारी दिए । १ कराेड लागत स्टमेट रहेकाे साे भवन निर्माण गर्न यश बर्ष १० लाख प्रदेश सरकार बाट निनियाेजन भएकाे छ । भवन बाहेक अन्य बिकास निर्माणकाे लागि समेत प्रदेश सभापती बानियाँकाे पहलमा इन्द्रावतीमा बजेट बिनियाेजन भएकाे नेता उद्वब बानियाँले बताए ।

गणेशमान सिंह फाउण्डेशनकाे सहयाेगमा गणेशमान सिंहकाे शालिक बन्नुका साथै पार्ककाे समेत निर्माण गरिने बताइएकाे छ ।

भवन शिलान्यास तथा सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सभापती इन्द्र बहादुर बानियाँले भवन बनाउनकाे लागि ९० लाख प्रदेश सरकार बाट बिनियाेजन गराउने प्रतिवद्वता ब्यक्त गरे । भ्रस्टाचार मुक्त मुलुक बनाउन कांग्रेस लागिपरेकाे उनले बताए ।

स्वर्गीय नेता गणेशमान सिंहकाे त्याग र तपस्यालाई नेपाली कांग्रेसहरूले सधै स्मरण गरिरहने बताउँदै बानियाँले भने ‘हिजाेका नेताहरूसंग त्याग तपस्या थियाे तर अहिलेका नेताहरूमा त्याग र तपस्या छैन’ । ‘राजनिति भनेकाे धैर्यता हाे, अनुशासन हाे’, उनले भने ।

याे मुलुककाे अस्थिरताकाे जड नै माओवादि भएकाे भन्दै बानियाँले भने ‘प्रचण्डले न सान्ती प्रकृयालाई निस्कर्षमा पुर्याउन चाहनुभयाे न गणतन्त्रलाई संस्थागत गर्नुभयाे’ । आगामी निर्वाचन अघि संविधान सम्बाेधन गर्न जरूरी रहेकाे बताउँदै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकाे ब्यबस्था लागू गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सह महामन्त्री हरिशरण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापती जंग बहादुर लामा, पूर्व सभापती भुपेन्द्र बहादुर थापा, नेपाली कांग्रेस वागमती प्रदेश कार्य समिती सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री निमा लामा, सिन्धुपाल्चाेक निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती एवं मेलम्ची नगर प्रमुख आइतमान तामाङ लगायतले मन्तब्य राखेका थिए ।

नेपाली कांग्रेसका युवा नेता नेत्र बहादुर बानियाँकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय