BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेककाे मेलम्ची -११ डडुवामा डडुवा पुछारटोल बहु -आयमिक सामुदायिक भवन शिलान्यास गरिएको छ । आज मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले भवनको शिलान्यास गरिन ।

एक तल्ले भवन असार १५ सम्म सम्पन्न गरिने भवन निर्माण संचालन समितिका अध्यक्ष कालू तामाङले जानकारी दिए । मेलम्ची नगरपालिकाको ५० लाख बजेटमा उक्त सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा उप प्रमुख उमा प्रधानले हरेक वडामा नगरपालिकाले बहु- आयमिक सामुदायिक भवन निर्माण गर्ने लक्ष्य लिएको र धेरैमा निर्माण भइरहेको र केही सम्पन्न भएको बताइन । वडा अध्यक्ष चन्द्र बहादुर तामाङले सामुदायिक भवन बनेपछि स्थानियलाई सहज हुने बिश्ववास ब्यक्त गरे । भवनबाट ५४ घरधुरी लाभान्वित हुनेछन ।

कार्यक्रममा पुर्व वडा अध्यक्ष रुद्रप्रसाद दुलाल, कार्यपालिका सदस्य दिनेश घले, वडा सदस्यहरु रेवतीरमण दुलाल, प्रतिमा धिताल लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै आजै मेलम्ची -११ कटुन्जे मानेडांडामा छ्योर्तेन माने समेत शिलान्यास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय