BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशन आजदेखि चौतारामा सुरु भएको छ । अधिवेशनको उद्घाटन एमाले केन्द्रीय अनुशासन आयोगका पुर्व अध्यक्ष अमृतकुमार बोहराले गरेका थिए ।

जिल्लाका १२ पालिका भित्रका १०३ वडा, जनवर्गीय संगठन, मनोनीतसहित अधिवेशनमा ७४७ प्रतिनिधिहरु सहभागी हुने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

अधिवेशन उद्घाटन समारोहमा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य एवम जिल्ला इञ्चार्ज गोकुल बास्कोटा, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुगेल लगायतका नेताहरुले एमाले केन्द्रले लिएको मिसन ०८४ सफल गराउन सबै नेता कार्यकर्ताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए ।

एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशनको बन्द सत्र भोलि बिहान बाट सुरु हुने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

१० औ जिल्ला अधिवेशनमा अध्यक्षमा दुइ जना बिच प्रतिष्पर्धा हुने निश्चित भएको छ । वर्तमान अध्यक्ष कमल नेपाल र एमाले नेता होमनारयण श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय