BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । हेलम्बुमा तीन लाख पुरस्कार राशीको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने भएकाे छ । २६०० मिटरकाे उचाईमा प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता गर्न लागिएकाे हाे ।

हेलम्बु गाउँपालिकाले खेल पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सर्वाधिकपुरस्कार राशिको हाइ अल्टिच्युड भलिबल प्रतियोगिता २०८० काे आयाेजना गरिएकाे पत्रकार सम्मेलन मार्फत गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

यही चैत २३ गतेदेखि चैत ३० गतेसम्म (मिति २०८० चैत २३ गतेदेखि २६ गतेसम्म पुरुष र मिति २०८० चैत २७ गतेदेखि ३० गतेसम्म महिला) हेलम्बु गाउँपालिका वडा नं २ काे शेर्माथाङमा आयोजना गर्न लागिएकाे उनले बताए । प्रतियोगितामा प्रदेशका स्थानीय तहबाट पुरुष र महिला टिमहरुलाई सहभागी गराई दिन गाउँपालिकाले अनुराेध गरेकाे छ ।

हेलम्बु गाउँपालिकाकाे आयाेजनामा हुने प्रतियाेगिताकाे सह आयाेजक जस्ट नेपाल फाउण्डेशन रहेकाे छ । खेल बेयुल ह्याेल्माे सेन्टरमा हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकाे छ । प्रतियोगितामा प्रथम हुने महिला तथा पुरूष तर्फ ३ लाख, द्वितीय हुने महिला/ पुरूष ले १ लाख ५० हजार, तृतिय हुने महिला/ पुरूषले ७५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन ।

खेलकुदका कार्यक्रम धेरै ठाउँमा भएतापनि यस्ताे हाई अल्टिच्युटमा खेल कतै नभएकाे पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । प्रदेश भरका खेलाडी पालिकामा आउँदा पर्यटन प्रवर्द्वन हुनेमा शेर्पाकाे बिश्वास छ । ‘बिश्वमा धेरै चिसाे ठाउँमा खेल्न बिदेश जानपर्ने अवस्था छ’, अध्यक्ष शेर्पाले भने । यश ठाउँलाई ट्रेनिङ सेन्टरकाे काे रूपमा बिकास गर्न सके बिदेशी खेलाडी यश ठाउँमा भित्राउन सकिने र यश ठाउँमा आम्दानी बृद्वि हुने शेर्पाले बताए ।

‘बिश्वमा ट्रेनिङ सेन्टर २७०० उचाईमा रहेछ । नेपालमा ३००० मा बनाउन सकिन्छ । अहिले प्रदेश बाट शुरू गराैँ भनेर यहाँ बाट शुरू गर्न लागेकाे हाे’, शेर्पाले भने । काठमाण्डाै बाट नजिककाे जिल्ला भएका कारण पनि हेलम्बुलाई हाई अल्टिच्युडकाे ट्रेनिङ सेन्टर निर्माण गर्नकाे लागि सहयाेग पुग्ने उनले बताए । दशैकाे समयमा हाई अल्टिच्युड क्रिकेट गर्ने साेच भएकाे र खेलकुद मैदान बनाउने काम अब शुरू गर्ने अध्यक्ष शेर्पाकाे भनाई छ ।

चैत्र अन्तिम साता लाई खेल साताकाे रूपमा मनाउने आयाेजकले जनाएकाे छ । खेलाडीहरूकाे लागि शेर्माथाङ्मा रहेका हाेटल तथा हाेमस्टेमा बसाई व्यावस्थापन गरेकाे आयाेजकले जानकारी दिएकाे छ । प्रतियोगितामा काठमाडौं र भरतपुर महानगर पनि खेल खेल्न आउने तयारीमा रहेकाे आयाेजकले जानकारी दिएकाे छ ।

यस्ताे उचाईमा कसरी खेल खेल्ने भन्ने अनुभव लिन गेम गर्न लागिएकाे शिक्षा युवा तथा खेलकुद शाखा संयाेजक भिम कार्किले जानकारी दिए । १९ गते सम्म टिम दर्ताकाे समय रहेकाे उनले बताए । खानेपानीकाे मुहानस्थल, हेलम्बु ग्रेट ट्रेल, आमा याङ्री, पाल्चाेकीमाईकाे मन्दिर लगायतकाे हेलम्बुका ठाउँहरूलाई समेत प्रतियाेगिताले देश बिदेशमा परिचित गराउने उनकाे भनाई छ ।

पत्रकार सम्मेलन मार्फत सामाजिक विकास समिति संयाेजक तथा प्रतियाेगिता संयाेजक छिरीङ लामा ह्याेल्माेले यश ठाउँमा अाउँदा कपडा बाक्लाे ल्याउनकाे लागि खेलाडीहरूलाई अनुराेध गरेका गरे । खेलाडी लगायत अन्य अतिथिकाे लागि बस्नकाे व्यवस्था हाम स्टे र हाेटलहरू पर्याप्त रहेकाे उनकाे भनाई छ ।

पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, वडा नम्बर २ का अध्यक्ष पेम्बा लामा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धनध्वज लामा, सामाजिक विकास समिति संयाेजक तथा प्रतियाेगिता संयाेजक छिरीङ लामा ह्याेल्माे, शिक्षा युवा तथा खेलकुद शाखा संयाेजक भिम कार्कि, पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय