BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । शिक्षा र स्वास्थ्यकाे सम्पुर्ण जिम्मा राज्यले लिनुपर्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन ।

‘याे देशमा शिक्षाकाे सम्पुर्ण जिम्मा राज्यले लिनुपर्छ, स्वास्थ्यकाे जिम्मा लिनुपर्छ । ‘५० लाख लागेपनि राज्यले जनताकाे निशुल्क स्वास्थ्य उपचार गर्नुपर्छ’, शेर्पाले भने । हेलम्बु गाउँपालिकाले पनि स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएकाे उनले बताए ।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, सिन्धुपाल्चाेककाे चाैथाे अधिवेशन उद्घाटन समाराेहमा मन्तव्य राख्दै सबैजना हेलम्बुमा आएर पर्यटन प्रवर्द्वनमा टेवा पुराइदिन आग्रह गरे । अधिवेशनकाे प्रमुख अतिथिकाे रूपमा उपस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ मार्फत यहाँकाे पानी काठमाण्डाै लगे बापत हेलम्बुकाे बिकास निर्माणमा सहयाेग गरिदिनुपर्ने माग राखे ।

अधिवेशनमा मन्तव्य राख्दै अध्यक्ष शेर्पाले भने ‘जुन दिन आदिवासी जनजाती महासंघकाे अध्यक्ष बन्नुहुन्छ, पार्टीकाे सदस्यता त्याग्नुस’ । आ आफ्नाे संस्कार बचाउन सबै समुदाय जागरुक हुनुपर्ने उनले धारणा राखे ।

सबै धर्म संस्कृतिलाई सम्मान गाउँपालिकाले गरेकाे बताउँदै शेर्पाले हेलम्बुमा संस्कृत र सम्बाेटा शिक्षा सुरू गरेकाे जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय