BREAKING
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन |

हेलम्बु, सिन्धुपाल्चाेक । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले मुलुककाे संविधान प्राप्तीमा आदिवासी जनजातीकाे याेगदान अतुलनिय रहेकाे बताएका छन ।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, सिन्धुपाल्चाेककाे चाैथाे अधिवेशनकाे उद्घाटन समाराेह कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तामाङले मुलुककाे संविधान प्राप्तीमा आदिवासी जनजातीकाे याेगदान अतुलनिय रहेकाे बताएका हुन । विभिन्न जनवर्गिय संगठनकाे आन्दाेलनले आदिवासी जनजातीमा जागरण पैदा गराएकाे उनकाे भनाई छ । क्रान्तीलाई पूरा गर्न बर्गिय संगठनहरू बनेकाे उनकाे भनाई थियाे ।

‘माओवादिले जातिय माेर्चा नबनाएकाे थियाे भने कांग्रेस र एमालेले पनि बनाउँदैनथ्याे’, मन्त्री तामाङले भने । अहिलेकाे उपलब्धिकाे मुल श्रेय आदिवासी जनजाती लाई जाने तामाङले बताए । ‘आदिवासी जनजातीकाे याेगदान विना राज्य ब्यबस्था प्राप्त हुँदैनथ्याे’ मन्त्री तामाङले भने ।

आदिवासी जनजातीकाे साझा समस्या समाधान गर्न सबै एकजुट हुनु जरूरी रहेकाे उनले बताए । ‘हामी माथी विभेद छ । हिजाे कानुनी रूपमै विभेद थियाे तर अहिले ब्यबहारमा अझै विभेद छ’, तामाङले थपे ‘हामी लड्ने भनेकाे प्रवृत्ति बिरूद्व हाे । जसले पहिचानकाे मुद्वा बेवास्ता गर्छ, हामी त्यसका बिरूद्व बाेल्नुपर्छ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय