BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चाेक । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चाेकको अध्यक्षमा ताराबहादुर जिरेल निर्वाचित भएका छन । हेलम्बु गाउँपालिका वडा नम्बर २ शेर्माथाङमा अधिवेशन भएकाे हाे ।

चौथो अधिवेशन बाट जिरेल अध्यक्षमा निर्वाचित भएका हुन । उपाध्यक्षहरू फुर्वा ग्याल्बो मोक्तान थुप्तेन, राम सरण श्रेष्ठ र सानुमाया गुरुङ निर्वाचित भए ।

सचीवमा रमेश शेर्पा, सह सचीवमा आत्माराम पहरी र अमृत माझी, कोषाध्यक्षमा पातली थामी साथै सदस्यमा दिपक दनुवार निर्वाचित भए ।

अधिवेशनकाे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले उद्घाटन गरेका थिए । अधिवेशनमा नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष ग्याल्जेन शेर्पा, बागमती प्रदेशका पुर्व स्वास्थ्य मन्त्री निमा लामा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङ्मि शेर्पा, नेपाल आदिवासी जनजाती महासंघ बागमती प्रदेश अध्यक्ष काजिमान थिङ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय