BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

चाैतारा । नेकपा एमाले सिन्धुपाल्चोकको मतदान भाेलि बिहान ७ बजे देखि १ बजे सम्म हुने भएको छ । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनको चुनावी प्रक्रियाको अन्तिम तयारी भएको हो । आज साँझ अन्तिम नामवाली प्रकाशन भएको हो ।

१६ गते शुक्रबार चौतारा टुडिखेलमा १० औं जिल्ला अधिवेशनको उदघाटन सत्र गरिएको थियो । सनिवार १७ गते बन्दसत्र सकिए पनि चुनाबको प्रक्रिया ढिलाई भएको हो । उम्मेदवारी दिएकाहरुको दावी विरोध प्रक्रिया लम्बीएकाले अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको स्रोतले बताएको छ ।

नेकपा एमाले सिन्धुपाल्चोककाे अध्यक्ष पदका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । जसमा उम्मेदवारद्धय निवर्तमान अध्यक्ष कमल नेपाल, जुगल गाउँपालिका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठ विच प्रतिस्पर्धा हुने भएको हो ।

उपाध्यक्ष पदका लागि अर्जुन कुमार भण्डारी र विष्णुमणी आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमाले सिन्धुपाल्चोकको सचिव पदका लागि यज्ञराज सापकोटा र कृष्णगोपाल तामाङ उम्मेदवार रहेका छन् ।

उपसचिव खुला तर्फ शिवहरी सापकोटा र विजयकृष्ण श्रेष्ठ उम्मेदवार रहेका छन् । उपसचिव महिला पदका लागी सुशिला पाख्रिन र शोभा कार्कीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय