BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

२० चैत, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी सिन्धुपाल्चोकको अध्यक्षमा होम नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

कमिटिको दशौँ जिल्ला अधिवेशनको मंगलवार सम्पन्न मतगणना अनुसार कमल नेपाललाई हराउँदै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ र नेपाल आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए ।

उपाध्यक्ष पदका लागी विष्णुमणी आचार्य लाई पराजित गर्दै अर्जुन कुमार भण्डारी निर्वाचित भए । त्यस्तै, सचिवमा यज्ञराज सापकोटालाई हराउँदै कृष्णगोपाल तामाङ निर्वाचित भए ।

उपसचिवमा विजयकृष्ण श्रेष्ठलाई हराउँदै शिवहरी सापकोटा विजयी भए । उपसचिव महिलातर्फ भने शोभा कार्कीलाई पराजित गर्दै सुशिला पाख्रिन निर्वाचित भइन ।

अधिवेशनले १०३ सदस्यीय कमिटी चयन गर्नेछ। त्यसमध्ये जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेको छैन।विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिइसकेका छन् भने पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ।

अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए । नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ७ सय १३ मत खसेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय