BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

बागमती प्रदेश सरकारमा नेकपा (एमाले) बाट चार मन्त्री थपिएका छन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार चार जनालाई मन्त्री नियुक्त गरेका हुन्। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ नियुक्त भएका छन्।

एमालेबाट उद्योग मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठले पहिलोपटक मन्त्री बनेका छन्। अन्य तीन जना यसअघि पनि मन्त्री बनेका थिए। नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।

गत फागुन २३ मा नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका ६ मन्त्रालयमध्ये पाँच वटा मन्त्रालयको नेतृत्व एमालेले पाएको छ। यसअघि चैत १७ मा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए।

बागमती प्रदेशका १२ वटा मन्त्रालयमध्ये माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय सम्हालिरहेको छ।

बागमतीमा नेकपा (एकीकृत समाजवादी) बाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ छन्।

प्रदेशको १२ मन्त्रालयमध्ये मुख्यमन्त्री सहित माओवादीका चार, एमालेका पाँच, एकीकृत समाजवादीका तीन र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय