BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अशाेक कुमार भट्टराईलाई मेलम्चीको नयाँ प्रशासकीय प्रमुखको रुपमा पठाएको छ ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले मेलम्ची छाडेपश्चात याेजनाहरूकाे भुक्तानी लगायतकाे काम हुन सकेकाे थिएन । मिश्र गएपश्चात लेखा अधिकृत मुराडी पुडासैनीले निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाएका थिए ।

आज एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख आइतमान तामाङले प्रमुख प्रशासकीय अधिकृत अशाेक कुमार भट्टराईलाई नगरपालिकामा स्वागत गरे । अब कार्यालयकाे काम कारवाहि चुस्त गतिमा अघि बढ्ने प्रमुख तामाङले विश्वास व्यक्त गरे ।

प्रमुख तामाङको अध्यक्षतामा भएको उक्त स्वागत कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ११ का वडाध्यक्ष चन्द्र बहादुर तामाङ, वडा नं. ७ का वडाध्यक्ष पासाङ तामाङ, वडा नं. ३ का वडाध्यक्ष कुमार बन्जरा र वडा नं. ६ का वडाध्यक्ष प्रेम बहादुर तामाङ सहित विषयगत शाखाका प्रमुख र कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय