BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । चट्याङ लागेर सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिका स्थित विभिन्न ठाउँका ३ जना घाइते भएका छ्न । प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेहरूमा इन्द्रावती गाउँपालिका ४ खर्पनेका ४२ वर्षका भोज बहादुर तामाङ, १२ वर्षको सिङ्गे तामाङ र वर्ष ९ को आशिस लामा रहेका छन ।

चट्याङ्ग लागि घाईते भएका उनिहरुलाई स्थानिय नवलपुर अस्पतालमा उपचार गरे पश्चात् घर पठाएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी एबं प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

हिजो साँझाको चट्याङले इन्द्रावती गाउपालिका ४ खर्पनेमा १६ वटा बाख्रा सहित गोठमा क्षती पुगेको छ ।

प्रहरीका अनुसार सुर्य बहादुर तामाङको १ तले गोठमा चट्याङ लागि गोठ पुर्ण रुपमा क्षति भएको छ । साथै सोही गोठमा रहेको ११ वटा बाख्रा क्षती भएको बताइएको छ ।

यसैगरी सोही ठाउँमा पदम बहादुर तामाङको १ बाख्रा , मेमा लामाको ३ वटा बाख्रा र तामाङको १ वटा बाख्रा चट्याङ लागी क्षती भएको छ ।

खर्कमा बाख्रा चराउन लगेका बेला परेको चट्याङमा परेर ३ जना किसानका १६ बाख्रा मरेको छन । बिहिवार अपरान्ह बाख्रा चरिरहेको समयमा असिना पानी सहित हावाहुरी र अचानक परेको चट्याङमा परी बाख्रा मरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय