BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । “नेपाल टोल गैरी गाउँ बाबियो डाँडा सिन्धुपाल्चोक” को लागी ठेक्का आव्हान भएको छ । सडक डिभिजन कार्यालय चरिकोटले बोलपत्र आव्हान गर्दै यस सडकको स्तरोन्नतीको लागी ठेक्का निकालेको हो ।

समाजसेवी तथा नेपाली कांग्रेसका नेता परमात्मा नेपालको पहलमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोटमा २ करोड बजेट बिनियोजन भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले २ करोड रुपैयाँ बिनियोजन गरेको हो ।

“नेपाल टोल गैरी गाउँ बाबियो डाँडा सिन्धुपाल्चोक” शिर्षकमा बिनियोजित सो योजनाको टेन्डर आह्वान भएको छ । मिति २०८० साल साउन महिनाको १५ गते नेता नेपालले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा थप रकम माग गरि निवेदन दिएका थिए । मन्त्रालयले २०८०/०८१ को बार्षिक बजेटमा १ करोड बिनियोजन गरेकोमा सो रकम अपुग भएकोले थप १ करोड सुनिश्चीत गर्नको लागी उनले निवेदन दिएका थिए ।

बैकल्पीक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तर्गत मेलम्ची ५ को वडा कार्यालय देखि मेलम्ची १२ थाक्ले मानेभञ्ज्याङ सम्मको खण्डमा सडकको काम हुने भएको छ । १० मिटर लामो चौडाइको बन्ने बाटोमा नाली सहित ग्राभेल, सोलिङ र कटिङको काम हुने कांग्रेस नेता परमात्मा नेपालले जानकारी दिए । “सिन्धुकोट देखि थाक्ले सम्मको नागरिकको जीवनस्तरमा सहजता ल्याउनको लागी सो सडक अपरिहार्य रहेको छ”, निवेदनमा भनिएको छ ।

सो सडकको लागी २०८० माघ ५ गते अर्थ मन्त्रालयले रकम सुनिश्चित गरेको थियो । माघ ४ गतेको मन्त्रीस्तरको निर्णय अनुसार अर्थ मन्त्रालयले बहुबर्षे ठेक्का हुनेगरि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय लाई सहमती प्रदान गरेको थियो ।

सो सडक स्तरोन्नती नहुँदा सिन्धुकोट देखि थाक्ले सम्म आवतजावत गर्न कठिनाई भएको छ । अव सो सडक बने पश्चात सिन्धुकोट देखि मेलम्ची जानको लागी समेत छोटो दुरी हुने छ । ठेक्का लागिसकेपश्चात सो सडक २०८१ असोज सम्ममा बनिसक्ने छ ।

नेता परमात्मा नेपालको पहलमा यस अघि पनि बिभिन्न बिकास निर्माणका कामहरु हुँदै आएका छन । यस अघि सिन्धुकोटको माझीगाउँ छाप हुँदै मेलम्ची सम्मको बहुबर्षे सडकको ५ करोडको काम भएको छ । त्यस्तै प्रदेश बाट बिनियोजित रकम बाट नेपाल टोलमा ढलानको काम भइसकेको छ । नेपालकाे पहलमा आएका याेजनाले सिन्धुकाेटकाे विकासमा मद्दत पुगेकाे मेलम्ची ५ सिन्धुकाेटका वडा अध्यक्ष राजु रायमाझीले बताए ।

सिन्धुकोटसहित बाँसबारी, दुवाचौर लगायतका ठाउँहरुमा समेत बजेटहरु बिनियोजन भइ बिकास निर्माणका कामहरु भएकाे नेपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय