BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

नवलपुर । “दिगाे बिकास र पर्यटन प्रवर्द्वनका लागि उत्सवकाे बेला, ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला” भन्ने मुल नारा सहित प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला २०८०/०८१ सम्पन्न भएको छ । बुढीचौर पर्यटन बिकास समिति इन्द्रावती ९ र १० को आयोजनामा कार्यक्रम गरिएको हो ।

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं ९ र १० को सिमानामा पर्ने स्थान बुढिचौरमा पहिलो पटक मेलाको आयोजना गरिएको हो । बुढीचौरको परिचय दिनको लागि यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

चैत्र ३० गते देखि बैशाख १ गते सम्म २ दिने प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला गरिएको हो । मेलाको चैत्र ३० गते गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्वाटन गरेका थिए । कार्यक्रमको उद्वाटन गर्दै अध्यक्ष नेपालले बुढीचौर लाई पर्यटकिय क्षेत्रको रूपमा बिकास गरिने बताए । कार्यक्रममा इन्द्रावती ९ का अध्यक्ष बाबुराम लामा र १० का अध्यक्ष रामचन्द्र घिमिरेले बुढीचौरको ऐतिहाँसिक महत्वको बारेमा जानकारी गराएका थिए ।

यस ठाउँको व्यापार व्यवसायको प्रवर्द्वन गर्नु पनि कार्यक्रमको उद्वेश्य रहेको इन्द्रावती १० का निवर्तमान वडा अध्यक्ष जिवन कुमार थापामगरले जानकारी दिए । यस्तो कार्यक्रम गर्दा स्थानिय उत्पादन बिक्रि हुनुका साथै स्थानियलाई आर्थिक लाभ हुने थापामगरले विश्वास व्यक्त गरे ।

बुढीचौरलाई पर्यटकको आकर्षकको केन्द्र बनाउन यस्ता कार्यक्रमले योगदान दिने उनले बताए । पर्यटनलाई सार्थक बनाउन निजि जग्गामा प्लटिङ भइरहेको छ । अनुमानित २५० रोपनी जमिन प्लटिङ गरेर एकीकृत बस्ती बनाउने योजना रहेको थापामगरको भनाई छ ।

मेलामा सांस्कृतिक कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा व्यापार प्रवर्द्वन गर्नको लागी ९ वटा स्टल राखिएको थियो । ४ वटा मेजर स्टल रहेको थियो भने अन्य साना स्टल थिए ।

यस्तो कार्यक्रमले जनप्रतिनिधिलाई पनि झम्झकाएको थापामगरले बताए । ‘यश ठाउँलाई शून्य बजेट थियो र आगामी बर्ष स्थानिय तहले बजेट छुटाएर कार्यक्रम गर्ने विश्वास लिएको छु’, उनले भने ।

बुढिचौरमा किराँती राजा आएर बसेको ईतिहास छ । रानी ओडार भएको हिसावले पनि यस ठाउँ ऐतिहाँसिक छ । पिक्निक स्पट मात्र नभई ओपन म्युजियमको रूपमा यस क्षेत्रलाई बिकास गर्न आफु लागीपरेको पुर्व वडा अध्यक्ष थापामगरको भनाई छ । ‘ऐतिहासिक कुराहरूलाई प्राथमिकता दिनेछौँ । देवताको नाम सुनिएकाले धार्मीक पर्यटन गर्ने होकी भनेर लागीपरेका छौँ’, उनले भने ।

ऐतिहाँसिक महत्व बोकेको क्षेत्रलाई सरकारले प्रथमिकता दिएर पर्यटकिय क्षेत्र बनाउन र यसको संरक्षण गर्न सहयोग गर्नुपर्ने इन्द्रावती १० का स्थानिय मदन कुमार भट्टराईले बताए । यस ठाउँमा ऐतिहाँसिक रानी पोखरी रहेको उनले बताए । किराँत बस्ती भएको बेला यश क्षेत्रकाे पाेखरीमा रानीले नुहाउने गरेको बताइएको छ । रानी पोखरीको सम्झनामा यस स्थानमा अर्काे पोखरी बनाउन लागिएको छ ।

यश क्षेत्रमा खानेपानीको निकै नै अभाव थियो । जापनिज बिकास साजेदार संस्था jafs मार्फत खानेपानी लगायत अन्य पर्यटकिय पुर्वाधारको लागि काम भएको थियो । गत बर्ष झ्याँडी खोला देखि लिफ्ट मार्फत खानेपानी उपलब्ध गराइएको थियो । हाल बुढिचौरमा खानेपानी, सडक र बिजुली बत्तीको ब्यबस्था भइसकेको छ ।

प्रदेशको करिब २ करोड ५० लाख लगानीमा भ्यु टेक, पार्क पिकनिक स्पट र सिँडि निर्माण भएको थियो । सो संरचना निर्माण पश्चात् यश क्षेत्रमा आन्तरिक पर्यटक बृद्वि भएको भट्टराईले जानकारी दिए ।

बुढिचौरलाई आवास क्षेत्र बनाउने तयारी भइरहेको छ । पर्यटन बिकासको लागि होटल, रिसोर्टहरूको बिकास गर्ने, खेलकुदको बिकास समेत गर्ने थापामगरले बताए । अब बुढिचौरमा बार्षिक रूपमा कार्यक्रम गर्ने उद्देश्य रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय