BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चोकको पिस्कर ५ धारावतीमा आज जन्ती बोकेको बस दूर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनामा ५२ जना जन्ती घाइते भएका छन् । बसमा जम्मा ५५ जना जन्ति थिए ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्वरको बस त्रिपुरासुन्दरी गाउँपालिका ५ धारावतीमा विहान ७ बजेतीर दूर्घटनामा परेको हो । सो दूर्घटनामा घाइते भएकाहरुको उद्धार कार्य भइरहको र घाइतेलाई उपचारका लागि अस्पताल पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी निरञ्जन भट्राईले जानकारी दिए ।

उनका अनुसार बस ठूलो भिरबाट खसेको र भौगोलिक अवस्था कठिन भएकाले उद्धार कार्यमा समस्या परेको प्रहरीले जनाएको छ । बस करिव १५० मिटर तल खसेकाे स्थानियले अनुमान गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय