BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

चाैतारा । नेपाल तामाङ संघको सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता क्षेत्र बहादुर तामाङ मनाेनित भएका छन । नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण लामा (इन्द्र) ले उनलाई अध्यक्षमा मनोनयन गरेका हुन ।

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं ४ का नेपाली कांग्रेसका पार्टी सभापती समेत रहेका तामाङ साेहि वडाका निर्वाचित वडा अध्यक्ष हुन ।

‘नेपाली काँग्रेसको भातृ संस्था नेपाल तामाङ संघले राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजवाद र तामाङ एकताको लागि देशव्यापी रुपमा संगठन निर्माण र विस्तार गरिरहेको छ’, पत्रमा भनिएकाे छ ।

देशभरिका तामाङ समुदायलाई राजनैतिक रुपमा संगठित र प्रशिक्षित गरि नेपाली काँग्रेसमा आवद्व गराउँदै तामाङ आदिवासीको भाषा, संस्कृति र भेषभूषाको जगेर्ना गर्न तामाङ संघकाे स्थापना भएकाे नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण लामा (इन्द्र) ले जानकारी दिए ।

साथै पत्र प्राप्त भएको मितिले ३ महिना भित्र जिल्ला कार्यसमितिलाई पूर्णता दिँदै संगठन बिस्तार गरी जिल्ला अधिवेशन गर्न केन्द्रीय कार्यसमितिले निर्देशन दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय