BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

चाैतारा । नेपाल तामाङ संघको सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता क्षेत्र बहादुर तामाङ मनाेनित भएका छन । नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण लामा (इन्द्र) ले उनलाई अध्यक्षमा मनोनयन गरेका हुन ।

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं ४ का नेपाली कांग्रेसका पार्टी सभापती समेत रहेका तामाङ साेहि वडाका निर्वाचित वडा अध्यक्ष हुन ।

‘नेपाली काँग्रेसको भातृ संस्था नेपाल तामाङ संघले राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजवाद र तामाङ एकताको लागि देशव्यापी रुपमा संगठन निर्माण र विस्तार गरिरहेको छ’, पत्रमा भनिएकाे छ ।

देशभरिका तामाङ समुदायलाई राजनैतिक रुपमा संगठित र प्रशिक्षित गरि नेपाली काँग्रेसमा आवद्व गराउँदै तामाङ आदिवासीको भाषा, संस्कृति र भेषभूषाको जगेर्ना गर्न तामाङ संघकाे स्थापना भएकाे नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण लामा (इन्द्र) ले जानकारी दिए ।

साथै पत्र प्राप्त भएको मितिले ३ महिना भित्र जिल्ला कार्यसमितिलाई पूर्णता दिँदै संगठन बिस्तार गरी जिल्ला अधिवेशन गर्न केन्द्रीय कार्यसमितिले निर्देशन दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय