BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आयोजना गरिएको मेलम्ची नगरस्तरीय खैजडी भजन प्रतियोगिता मंगलवार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजना र जेष्ठ नागरिक सञ्जाल मेलम्ची नगरपालिकाको समन्वयमा भएको प्रतियोगितामा नगर भित्रका ८ वटा वडा सहभागी भएको थियो ।

जसमा मेलम्ची नगरपालिका वडा नम्बर १२ पहिलाे, वडा नम्बर ८ दोस्रो र वडा नम्बर १० तेस्रो भयो । प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश नगद १२ हजार,१० हजार र ८ हजार पुरस्कार प्राप्त गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै कला र संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेको स्मरण गरे । उनले जेष्ठ नागरिक हाम्रो समाजको गहना भएकाले उनिहरुसँग भएका प्रतिभा तथा कलाहरुको संरक्षण गर्दै पुस्तान्तरणको खाँचो रहेको औल्याए ।

उपप्रमुख उमा प्रधानले मौलिक कला र संस्कृतीको प्रचारप्रसार र संरक्षण जरुरी रहेको बताइन । कार्यक्रमका सभापति नगर जेष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धितालले लोप हुन लागेको मौलिक भजन जोगाउन तथा प्रचारप्रसार गर्न प्रतियोगिताको आयोजना गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय